इटहरी उपमहानगरमा एमाले विजयी


इटहरी, २३ असार । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का द्वारिकालाल चौधरी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहीत प्रसाईलाई पराजीत गर्दै चौधरी विजयी भएका हुन् । उनले २२ हजार ६८९ मत प्राप्त गरे भने, नेपाली प्रसाईले १९ हजार ९८५ मत प्राप्त गरे । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी भईन् । गौतमले कांग्रेसकी विमला ढकाललाई पराजित गरिन् । गौतमले २१ हजार ८४२ मत प्राप्त गर्न सफल भईन् । भने, ढकालले १८ हजार ३५२ मत प्राप्त गरिन् ।
बीस वटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा नं १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा काँग्रेसले जित हात पारेको छ । त्यसैगरी, एमालेले वडा नं २, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नं १० मा भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विजयी भएको छ ।
इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । काँग्रेसबाट क्षेत्र नं १ मा विष्णु चौधरी, ३ मा बालकृष्ण विष्ट, ६ मा दीपक गौतम, ७ मा नरबहादुर राई, ८ मा रोहित चौधरी, ११ मा रुपेश चौधरी, १२ मा हेमानन्द दाहाल हिरा, १५ मा श्रवण चौधरी, १६ मा दीपनारायण चौधरी, १७ मा भगवानलाल साह र २० मा मणिराम श्रेष्ठ विजयी भए ।
त्यसैगरी, एमालेबाट वडा नं २ मा हर्क मगर, ४ मा चन्द्र भट्टराई, ५ मा कल्याण कार्की, ९ मा भूपेन्द्र बराल, १३ मा शिवनारायण चौधरी, १४ मा रमेश चौधरी, १८ मा रामकुमार चौधरी र १९ मा नारायण चौधरी विजयी भए । वडा नं १० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रकाश चौधरीले जित हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *