भारतको पिथौरागढमा पहिरोमा पुरिदा तीन नेपालीसहित ५ जनाको मृत्यु

भारत, २२ असार । भारतको पिथौरागढ जिल्लाको धारचुलानजिकै घट्टेधारमा पहिरोमा पुरिदा तीन नेपालीसहित ५ जनाको मृत्यु भएको छ । घटनामा दुई नेपाली घाइते छन् ।

नेपाल–भारत जोड्ने तिग्रमघाटबाट दार्चुलाको सिमावर्ती बजार धारचुला आउने क्रममा दिउँसो पहिरोमा युके ०५ के १२२१ नम्बरको गाडी पुरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उक्त दुर्घटनामा दुहु गाउँपालिका १ पिपलचौरी सौतोलीका अन्दाजी ३५ वर्षीया हिरादेवी बम, अन्दाजी २२ वर्षीय उनको छोरा ओमकार र १४ वर्षीय छोरी प्रिङका बमको मृत्यु भएको छ । भने सोही ठाउँका अन्दाजी २४ वर्षीय डमरीदेवी बम र २१ वर्षीय माधुरी बम घाइते भएको दार्चुलाका डीएसपी केदार खनालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *