मेक्सिकोमा शक्तिशाली भूकम्प

काठमाडौं, फागुन ७ । दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ । ७.२ म्याग्निच्युडको भूकम्पले त्यहाँदेखि ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो ।

हालसम्म हताहती तथा क्षतिको विवरण प्राप्त भएको छैन । विद्यालयहरूमा उद्धारका कामहरू अघि बढाइएको बताइएको छ । मानिसहरू घरबाट खुला सडकतर्फ निस्किएका छन् । भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए ।

उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

-एजेन्सी 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *