भारतमा अलपत्र परेका ९ बालकको उद्धार


नेपालगन्ज २२, असार । भारतको दिल्लीमा अलपत्र अवस्थामा भेटिएका ९ जना बालकहरुलाई उद्धार गरी हिजो नेपालगन्ज ल्याइएको छ । दाङका २, कञ्चनपुरका ३, नवलपरासीका १, सिराहका २ जना र एक जना ठेगाना खुल्न नसकेका बालकलाई दिल्लीका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
केन्द्रीय बालकल्याण समिति, जिल्ला बाल कल्याण समिति र माइती नेपाल नेपालगन्जको संयुक्त पहलमा १२ देखि १६ वर्ष उमेर समूहका ती बालकहरुलाई जमुनाह नाका भएर नेपालगन्ज ल्याइएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।
उनीहरूलाई अहिले जिल्ला बालकल्याण समिति बाँकेमा राखेर परामर्श गर्ने काम चलिरहेको छ । त्यसपछि परिवारको जिम्मा लगाइने बताइएको छ । उनीहरू घरबाट भागेर गएका, आफन्तबाट छुटेका र अन्य विविध कारणले अलपत्र अवस्थामा थिए । भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको पहलमा उनीहरूलाई उद्धार गर्न सहज भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *