एकै पतिका १३० पत्नि विधवा, २३० बढी सन्तान टुहुरा

“नाइजेरियामा एकैपटक १३० महिलाहरु विधवा भएका छन् । ति १३० महिलाहरुका एक्ला श्रीमान् ९३ वर्षिया मोहम्मद बेलो अब्बूकरको निधन भएको छ । २०३ सन्तानका पिता अब्बूकरका अनाथ सन्तानको संख्या बढ्ने क्रममा छन् । अझैपनि उनका केहि श्रीमतीहरु गर्भवती नै छन् ।

पेशाले इस्लामी मौलवी अब्बूकरले विवाह गरिरहनु आफ्नो पवित्रअभियान भएको बताएका थिए । अब्बूकर आफु विवाह गर्नलाई नै संसारमा पठाइएको बताउने गर्थे ।

अब्बूकरका निजी सहायक सलावुद्दिनले बेलो केहि समयअघि देखि अस्वस्थामा रहेको बताएका छन् । अब्बूकर श्रीमतीको संख्याबारे मात्र नभएर कुरानको विवादित व्याख्याका लागि पनि चर्चामा थिए । उनी कुरानमा पुरुषले जतिपनि विवाह गर्न पाउने प्रावधान भएको बताउँथे ।

अब्बूकर पुरुषले बिना कुनै समस्या श्रीमतीहरु सम्हाल्न सक्ने बताएका थिए । यसकारण उनले २००८ मा धेरै मौलवीहरुको आलोचना पनि झेलेका थिए । -एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =