प्रहरीले आतंकित पारेको साह परिवारको आरोप

इनरुवा, फागुन ७ । सुनसरीको इनरुवाका एक व्यवसायी परिवारले प्रहरीले आफ्नो परिवारमाथि ज्यादती गरेको आरोप लगाएका छन् । इनरुवा बजारमा रहेको कामाख्य फैन्सी स्टोरका संचालक ओमप्रकाश साहका परिवारले प्रहरीले आफुहरुलाई बिनाकारण धरपकड गरेर मानसिक यातना दिएको बताएका हुन् ।

संचार क्लब इनरुवामा आईतबार पीडित परिवारका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरी कुनै सूचना पूर्जी समेत नदिई माघ २८ गते बिहान ११ बजे सादा पोसाकमा आएका एक समुहले हामी बिराटनगरबाट आएका प्रहरी ब्यूरो हौं भनि साहकी श्रीमती र छोरीलाई गैरकानुनी रुपमा पक्राउ गरी मानसिक याताना दिएको र भोली पल्ट रिहा गरेको बताए ।

बिना कसुर प्रहरीले गरेको धडपकड र थुनाका कारण आफ्नो परिवार मानसिक पीडा भोगिरहेको भन्दै साहकी पत्नी निलमले यातनाका बिरुद्ध उचित कार्वाहीको माग गरेकी छिन् ।

निलमले श्रीमान् ओमप्रकाशलाई घर आई परिवारसँग बस्न र आफ्नो कारोवार गर्न पाउने अधिकारको सुरक्षा गरी दिनका लागि उचित वातावरण बनाइदिन आग्रह गर्दै घटनाको यर्थात बुझि आफ्नो परिवारले भोग्नु परी रहेको समस्या समाधानका कालागि आ–आफ्नो क्षेत्रबाट पहल गरी दिनुहुन समेत सबैमा आग्रह गरेकी छिन् ।

प्रत्येक नागरिकले सम्मान पूर्वक, भयरहित र स्वतन्त्र रुपमा बाच्न पाउने कानुनी व्यवस्था रहँदा पनि कानुन विपरित प्रहरीले ज्यादती गरेको भन्दै साहकी पत्नी निलमले न्यायका लागि पहल गरीदिन सरोकारवाला निकायसँग आग्रह गरिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =