सुच्चाराई कल्याणकारी समाजद्वारा रक्तदान

धरान, फागुन ६ । सुच्चाराई कल्याणकारी समाज सुनसरीले आज धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा ५४ जना पुरुष र ३१ महिलाबाट ८५ पिन्ट रगत जम्मा भएको छ ।

समाजका महासचिव बिनोद राईले सुच्चाराई कल्याणकारी समाजको १८ औं महाधिबेसन फाल्गुनको अन्तिम साता भएकोले समाजले उक्त मधिबेसंलाई समेत मध्यनजर गरि रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा प्राध्यापक डा. टंक न्यौपाने, लोक गायिका अम्बिका दुवाडी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित भएर अमुल्य रगत प्रदान गर्ने सबैप्रति सस्थाका अध्यक्ष ओम राईले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =