नेपालगञ्जका जनप्रतिनिधीले सपथ लिए


नेपालगन्ज २२, असार । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ । उपमहानगरपालिकाको परिसरमा हिजो बिहान ११ बजे आयोजित एक समारोहबीच जनप्रतिनीधीलाई प्रमाण पत्र वितरण, शपथग्रहण तथा  स्वागत गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नवनिर्वा्िचत मेयर डा धवल शमशेर राणा, उपमेयर  उमा थापा लगायत वडा अध्यक्षलाई प्रमाण पत्र वितरण गर्दै सपथ ग्रहण गराउनुभएको हो । न्यायधिश, सांसद, सरक्षा अङ्गका प्रमुख, विभिन्न दलका प्रमुख एवं प्रतिनिधि, पेशागत सङ्घ सङ्गठनका प्रमुख एवं नगरवासी समेतको उपस्थितिमा मेयर राणाले वडासदस्यहरुहरुलाई सपथ ग्रहण गराउनु भएको छ । सपथ ग्रहणपछि मेयर राणा सहित सबै पदाधिकारीलाई स्वागत गरिएको थियो ।
उपमहानगरपालिका कार्यकारी अधिकृत भीम बहादुर कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सांसद, देवराज भार, अन्जना चौधरी, मैकुलाल बाल्मीकी, दिनेश चन्द्र यादव, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियोे । स्थानीय तहको निर्वाचनको नतिजाअनुसार मेयरमा राप्रपाका राणा र उपमेयरमा काँगे्रसका उमा थापा विजयी हुनुभएको थियो ।
२३ वडा रहेको नेपालगञ्ज उपमहानगरमा काँगे्रसले ८ वडा, एमाले ६, माओवादीे ४ राप्रपा ३ र सङ्घीय समाजवादी फोरमले २ वडा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *