किन स्थगित भयो एकता संयोजन समिति बैठक ?

काठमाडौं, फागुन ६ । आज बस्ने भनिएको एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ । बैठक अब कहिले बस्ने भन्ने पनि टुंगो नलागेको माओवादी स्रोतले जनाएको छ ।

यसअघि शनिबार प्रधानमन्त्री केशी शर्मा ओलीको निजी निवास बालकोटमा एकता संयोजन समितिको बैठकको तयारी भन्दै प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो भेटवार्ता भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा एमाले नेता माधवकुमार नेपाल अनुपस्थित हुने भएकाले बैठक नबसिने भएको हो । पार्टीको काम विशेषले माधवकुमार नेपाल रौतहट गएको उनका स्वकीय सचीव नितेश पौडेलले जानकारी दिए ।

तर, पछिल्लो समय एमाले माओवादीबीच पार्टी एकताको कुरा टाढिंदै गएको बताइएको छ । पार्टी एकतामा नेताहरुको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका नेता माधवकुमार नेपाल र झलनाथ खनालले एकताप्रति त्यति रुची देखाएका छैनन् ।

दुबै पार्टीका अध्यक्ष तहमा भएका समझदारी कार्यान्वयन गर्न नसकिने अवस्था आएकाले संयोजन समितिको बैठक बस्न नसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =