माओवादी केन्द्रले छान्यो संसदीय दलको नेता

काठमाडौं, फागुन ६ । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका बारेमा ब्रिफिङ गरेका थिए ।

बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।

बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सामान्य जानकारीसमेत गराएका थिए । आइतबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा आफूले छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएका थिए । एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी उनले बैठकमा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =