खड्काको स्वास्थ्य अवस्था झन गम्भीर, थप उपचारका लागि आज भारत लगिने

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई थप उपचारका लागि आज भारत लगिने भएको छ ।  उहाँलाई विहान ११ बजेपछि नेपाल एयरलाईन्स मार्फत् नयाँदिल्ली लैजाने तयारी भएको उहाँका सहयोगीहरुले जानकारी दिएका छन् ।

नर्भिक अस्पतालमा उपचार भईरहेपनि स्वास्थ्यमा सुधार नआएकाले खड्कालाई थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको हो ।  मिर्गौला र कलेजोसम्बन्धी रोगबाट पीडित खड्कालाई स्वास्थ्यमा समस्या देखिए पछि २ दिन अघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर शुक्रबार रातिदेखि नेता खड्काको मुटुको चाल असामान्य रुपले बढ्दै गएपछि थप उपचारका लागि दिल्लीको अपोलो अस्पताल लैजाने तयारी गरिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =