एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आज

काठमाडौं, फागुन ६ । सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको विषयमा टुङ्गो लगाउन आज एकता संयोजन समितिको बैठक बस्न लागेको छ ।  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो भएको एक्लाएक्लै वार्ताले एकता संयोजन समितिको बैठक बसाएर टुङ्गो लगाउने सहमति भएको हो ।

आजको बैठकमा पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रालयको भागबण्डा लगायतका विषयमा प्याकेजमा सहमती हुने नेताहरुले बताएका छन् ।  आजको बैठकमा भागबण्डा बाहेक सरकारको भावी कार्यक्रमहरुका बारेमा पनि छलफल हुने भएको छ । एकता प्रक्रिया टुङ्गो नलागेसम्म माओवादी केन्द्र सरकारमा सहभागी नहुने अडानमा रहेकाले एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने देखिएको छ ।  यसअघि हिजो ओली र प्रचण्डबीच ओली निवास बालकोटमा करिब डेढ घण्टा कुराकानी भएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =