हेटौंडा : सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन ६ । हेटौंडाका विभिन्न स्थानमा गएराति भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
हेटौंडा–११, नवलपुरमा गएराति मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको हो । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ४५ प३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा नवलपरासी सुनवलका प्रेम क्षेत्री र चितवन भरतपुर महानगरपालिकलाका–११, का मायाँ क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै हेटौँडा–१४, कुखरेनी खोला नजिक गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा हेटौंडा १४ कुख्रेनीका ट्याक्टरका सह–चालक सोमबहादुर लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








