मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

काठमाडौं, फागुन ६ । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् ।

मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ । मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा केही घाइते भएका छन् । मेक्सिकोमा हिजो गएको भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रैं घर ध्वस्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =