प्रदेश ७ मुख्यमन्त्रीले लिए सपथ, सात सदस्यीय मन्त्रीमण्डल गठन

“
धनगढी, फागुन ५ । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश न. ७ को अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित ६ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
मुख्यमन्त्रीको नियुक्ती बिहीवार नै भईसकेको भएपनि मन्त्रीहरुको भने आज मात्रै टुङगो लगाईएको थियो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
यस्तै नेकपा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जनाले प्रदेश मन्त्रीको सपथ लिएका छन् । एमालेको तर्फबाट सामाजिक विकास मन्त्रीमा एमाले कैलालीका अध्यक्ष समेत रहेका दिर्घ सोडारी, आन्तरिक मामिला र कानुन मन्त्रीमा संसदीय दलका नेता प्रकाश वहादुर शाह, भौतिक पुर्वाधार मन्त्रीमा डडेल्धुराबाट विजयी पठानसिह बोहरा र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा माया भट्टले सपथ लिएका हुन् ।
यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भट्ट सहित आर्थीक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस्यमा विजयी झपट बोहरा र भुमी व्यवस्था, कृर्षी तथा सहरी मन्त्रीमा विनीता चौधरीले सपथ ग्रहण गरेका छन् ।
यसअघि आज दिउसो ३ बजेका लागी सपथ ग्रहणको कार्यक्रम राखीएकोमा एमालेले मन्त्रीको टुङगो लगाउन २ घण्टा मागेपछि साँझ ५ बजे मात्रै सपथ ग्रहण कार्यक्रम भएको थियो ।
दुर्घटनामा तीनजना गम्भिर
कैलाली गोदावरी नगरपालिका वडा नम्बर ३ अत्तरिया बजार क्षेत्रमा आज भएको बस दुर्घटनामा तीनजना गम्भिर घाइते भएका छन् । टिकापुरबाट धनगढी आउदै गरेको कर्णाली यातायातको ना४ ख ८६३६ नम्बर को बस दुर्घटना भएको थियो । दुर्घटनामा परी २४जना भन्दा बढी घाईते भएको ईलाका प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
“








