प्रदेश ५ को उपसभामुखमा रिना र कृष्णीको उम्मेदवारी
२०७४ जेठ १५ गते

“बुटवल, फागुन ५ । प्रदेशसभा ५ को उपसभामुखमा कांग्रेसकी रिना खनाल बिकले उम्मेदवारी दिएकी छन् । भोलि प्रदेशसभामा हुने निर्वाचनका लागि वाम गठबन्धनका तर्फबाट एमाले सांसद् कृष्णी थारुले उम्मेदवारी दिएकी छिन् ।
कांग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर, प्रदेश ५ मा रिना खनालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा सुरेन्द्रबहादुर हमाल छन् भने रमा अर्याल समर्थक छिन् ।
प्रदेशसभामा एमाले र माओवादी गठबन्धनको प्रष्ट बहुमत छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








