यसरी बचार्इदियाे नाेबेलले पवित्राकाे ज्यान (भिडियाे रिपाेर्ट)
२०७४ जेठ १५ गते

“विराटनगर, फागुन ५ । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो ।
दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको थियो । तर, चौधरी परिवारको यो पीडालाई नोबेल अस्पतालले खुशीमा बदलिदिएको छ । छोरीको सफल शल्यक्रियापछि हर्षित मुद्रामा देखिएका चौधरीले नोबेल अस्पताल प्रति कृतज्ञ हुँदै भने ‘विरामीको उपचार गर्ने मात्र हैन, गरिवको पीडामा मल्हम लगाउँने अस्पताल पनि रहेछ ।’
विस्तृत जानकारी लागि भिडियाे हेर्नुहाेस
याे पनि हेर्नुहाेस
नोबेलले निःशुल्क अप्रेशन गरेपछि चौधरी परिवारमा दुई बर्षपछि फर्कियो खुशी
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








