धनगढीमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

धनगढी, फागुन ५ । धनगढीको नाष्ट कलेजका प्राचार्य शिवहरी मुडभरी, विहान कलेजबाट २० मिनेटको समय छुट्याउदै औषधी खान घर गए तर उनलाई कैलालीपुल देखि ३/४ सय मिटरको दुरीमा रहेको एलएन चोक पुग्न सवा घण्टा लाग्यो । २/३ वटा ट्रकहरु मुख्य सडकमा प्रवेश गरेपछि सवारी चालकहरुले घण्टौंसम्म जामको सामना गर्नु पर्यो । जाम भएको आधा घण्टापछि मात्रै ट्राफीक प्रहरीले मुख देखाएको मुडभरीको आरोप छ ।

धनगढीमा सवारी चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । हजारौं सवारी साधन गुड्ने साँघुरो सडकमा व्यवस्थापन नहुँदा घण्टौंसम्म जाम हुन थालेको छ ।

साना–ठूला गरी दैनिक दश हजार बढी सवारी साधन गुड्ने बजार क्षेत्रमा ट्राफिक समस्या चुलिदै गएको छ । विगतदेखी नै सुदुरपश्चिमको व्यपारिक केन्द्र रहेकोमा अहिले प्रदेश नम्वर ७ को अस्थायी राजधानी भएपछि बजार क्षेत्रमा भिडभाड झन् बढेको छ ।

तत्काल सडक विस्तार गर्न सम्भव नभएपनि योजनाबद्ध रुपमा ट्राफिक व्यवस्थापन गर्न सकिए जाम घटाउन सकिने सवारी चालक र यात्रुहरुको भनाई छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =