प्रदेश-७ एमाले संसदीय दलको नेतामा प्रकाश शाह
२०७४ जेठ १५ गते

“
धनगढी, फागुन ५ । प्रदेश ७ मा एमाले संसदीय दलको नेतामा बाजुराका प्रकाश शाह सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटि तीन दिनसम्म चलेको बैठकले वैकल्पिक केन्द्रिय सदस्य समेत रहेका शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
निर्वाचन कार्यतालिका प्रकाशित गरि प्रक्रिया अघि बढाइएपछि उमेद्वारी दर्ता गराएका दीर्घ सोडारी र तारा लामा तामाङले शाहलाई नै दलको नेतामा सहमति दिएपछि शाह सर्वसम्मत चुनिएका हुन् ।
एमाले उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई नेता चयनको अधिकार दिने निर्णय गरेपछि सर्वसम्मतिको प्रयास भएको थियो ।
नेता चयन भएपछि शनिबार मुख्यमन्त्रीको सपथ कार्यक्रम छ । मुख्यमन्त्रीसंगै एमालेबाट पठाइने मन्त्रीहरुको टुंगो लगाएर आजै सरकाकारमा पठाउने तयारी भइरहेको एमालले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








