धरान ‘उत्कृष्ट’ उपमहानगर

“
धरान, फागुन ५ । धरान उपमहानगरपालिका देशभरका उपमहानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको छ । नगर विकास कोषले ऋणप्रवाह गरेका देशभरिका नगरमध्ये धरान उपमहानगरपालिका उत्कृष्ट उपमहानगरका रूपमा पुरस्कृत भएको छ । कोषको लगानीमा निर्माण भएका आयोजनाहरूको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको आधारमा कोषको ३०औँ वार्षिकोत्सवमा धरानलाई पुरस्कृत गरिएको हो ।
कोषले धरानसहित विराटनगर, भरतपुर महानगर, सिद्धार्थ नगरपालिकालाई समेत उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो । विराटनगरको बसपार्क निर्माणका लागि कोषले ८ करोड ४७ लाख रूपैयाँ र सडक क्षेत्रको विकास निर्माणका लागि पनि कूल लगानीको ११ प्रतिशत रकम लगानी गरेको छ ।
कोषको लगानीमा निर्माण भएका आयोजनाहरूको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै महानगर पुरस्कृत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए । आफ्नो कार्यकालमा पाएको यो उपलब्धिले काम गर्न अझै उत्साह थपेको उनले बताए ।
“








