दुई करोडमा सांसद बन्ने नरमायाँ ढकाल को हुन् ?

“
काठमाडौं, फागुन ५ काठमाडौं । राजपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ६ सिट पाएको थियो । छनोट गरिएका ६ नाममध्ये नरमाया ढकालको नाम बढी आलोचित बनेको छ । सुरुमा राजपाले ढकालको नाम समावेश गरेको थिएन ।
तर आयोगले खस आर्य कलस्टर क्रम आबद्धता मिचेर सूची बुझाइएको भन्दै सच्याउन भनेपछि राजपा दबाबमा परेको थियो । दबाबमा परेको राजपाले पहिलो नम्बरमा रहेकी ढकाललाई सांसद् नबनाउन जोडबल गरेको थियो ।
ढकालले पारिवारिक कारण देखाउँदै सांसद् बन्न अनिच्छा जनाएको पत्र नै राजपाले आयोगमा बुझाएको थियो । तर, आयोगले यसमा तलमाथि गर्न नमिल्ने भनेपछि रेणु शर्माको नाम हटाएर ढकालकै नाम पठाउन राजपा बाध्य भएको थियो ।
रेणुको नाम हटाएर ढकाललाई अवसर दिएसँगै राजपामा मात्रै होइन, प्रदेश २ मा चर्को क्रिया–प्रतिक्रिया उत्पन्न भएको छ । केही दिनसम्म नेतृत्वको निर्णयप्रति आलोचना गरिरहेका राजपाका नेता तथा कार्यकर्ताले मुखै फोरेर सांसद् पद बिक्री गरिएको संगीन आरोप लगाउन थालेका छन् ।
मधेस आन्दोलन र त्यहाँका जनताको मतको अवमूल्यन गर्दै गैरमधेसी नरमायालाई २ करोडमा सांसद् पद बिक्री गरेको आरोप कतिपय नेता तथा कार्यकर्ताले लगाएका छन् । यद्यपि, यसको पुष्टि भने कसैले गर्न सकेका छैनन् । सांसद् बिक्रीको पुरानो रोग यसपटक पनि बल्झिएको विषय चर्चामा आएपछि मधेसका विभिन्न पेशा तथा वर्गका व्यक्तिहरुले यसमाथि प्रश्न उठाउँदै राजपाको धारणा मागेका छन् ।
को हुन् नर माया ?
नरमाया राजनीतिमा बिल्कुलै नयाँ नाम हो । कतिसम्म भने राजपाका एकाधबाहेकका शीर्ष नेता नै उनको नामसँग परिचित छैनन् । आखिर शीर्ष नेताले नै नचिन्ने ढकाल को हुन् त रु ढकालको स्थायी ठेगाना स्याङ्जा भएको र एक गैरसरकारी संस्थामा कार्यरत रहेको खुले पनि त्यसबाहेकका जानकारी राजपाका नेता कार्यकर्ताले पाएका छैनन् ।
राजनीतिक योगदान र लो प्रोफाइल हुँदाहुँदै ढकाल कसरी सांसद् बन्न पुगिन रु राजपाकै नेता कार्यकर्ता जवाफमा खोजीमा लागेका छन् । स्रोतका अनुसार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको जोडबलमा ढकाल सांसद् बन्न सफल भएकी हुन् । तर यस्ता अपरादर्शी हर्कतका धुरन्धर महतोले चौतर्फी विरोधका बाबजुद ढकालको बारेमा थप केही नबताएर बचाउ मात्रै गरिरहेका छन् ।
राजपाको प्रदेशसभामा छनोट गरिएका सांसद्को योग्यतामाथि समेत उसैगरी प्रश्न उठेको छ । २ नम्बर प्रदेशका सांसद् नेत्रविक्रम साह र अञ्जु कुमारीको छनोटमा पनि ढकालको जस्तै गरी नेता तथा कार्यकर्ताले प्रश्न उठाएका हुन् । राजपा नेताहरुमाथि साहसँग ४० लाख र अञ्जुसँग ७० लाख लिएर सांसद् बनाइएको संगीन आरोप छ । यद्यपि, राजपाका नेताहरुले अहिलेसम्म यो विषयमा मुख खोलेका छैनन् ।
राजपा नेतामाथि यस विषयमा धारणा सार्वजनिक गर्न दबाब बढिरहेको छ । यस विषयमा तराइका ज्ञाता मानिने पत्रकार डा। राजेश अहिराजले २०७४ फागुन ४ गते फेसबुकमा नरमाया ढकालको फोटो समेत पोस्ट गर्दै स्टाटस लेखेका छन् ”नरमाया ढकालको २ करोड, नेत्र बिक्रम शाहको ४० लाख र अञु कुमारीको नाममा ७० लाखको लेनदेन भएको कुरा सुन्दै छु। राजपाले बास्तबिकता बाहिर ल्याए हुन्थ्यो। यिनीहरुलाई किन र कसरी सभासद बनाइयो रु यदि पैसा अाएको हो भने कसले खायो ?
“








