महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

महोत्तरी, फागुन ५ । महोत्तरीको मटिहानीमा एक व्यक्तिको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ।

मटहानी नगरपालिका-७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको एसपी कुबेर कठायतले जानकारी दिनुभयो।

‘टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ, शरीरभरी निलडाम पनि छन्। अनुसन्धानबाट सबै थाहा हुन्छ,’ कठायतले भने।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरू गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =