लगनको आगोमा फसेका एक वृद्धको ज्यान गयो (अपडेट)
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन ५ । काठमाडौंकाे लगनचोक नजिकै अमृतलाल रन्जित र अष्टनारायण महर्जनको घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गएको छ ।
आगलागीमा परि काभ्रेका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको ज्यान गएको महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडले जनाएको छ । श्रेष्ठ प्यारालाइसिस भएका कारण आगो लागेपछि तत्काल बाहिर निस्कन नसकेको बताइएको छ ।
आगो निभाउने क्रममा उहाँका छोरा प्रविणलाल श्रेष्ठ घाइते हुनुभएको छ । बिहान ४ बजेतिर लागेको आगो ४ वटा दमकलसहित स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा निभाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








