मोटरसाइकलमै मोबाइल चार्ज

काठमाडौं, फागुन ५ । मोटरसाइकलबाट पनि स्मार्टफोन चार्ज गर्न सकिने भएको छ । त्यसका लागि मोटरसाइकलमा चार्जर फिट गर्न आवश्यक हुन्छ । घरमा आफैँ पनि सजिलै तरिकाले  यस्तो चार्जर फिट गर्न सकिन्छ । त्यसका लागि मोटरसाइकलको ब्याट्रीसँग डाइरेक्ट कनेक्ट हुने चार्जरको आवश्यकता हुन्छ ।

०  यस्तो चार्जरसँगै मोटरसाइकलमै राख्ने मोबाइलहोल्डर पनि खरिद गर्न सकिन्छ । यस्तो चार्जरको सुरुवाती मूल्य ३–४ सय रुपैयाँ पर्छ । मोबाइलहोल्डरयुक्त चार्जर किन्दा केही महँगो पर्न सक्छ ।मोबाइलहोल्डरलाई हेडलाइटमा पनि फिट गर्न सकिन्छ ।

०  मोबाइलहोल्डरसहितको चार्जर यात्राका क्रममा निकै उपयोगी बन्न सक्छ । होल्डरसँगै भिडियो रेकर्डर पनि फिट गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =