काठमाडौंको लगनटोलस्थित १ घरमा भीषण आगलागी, १ घाईते

काठमाडौं, फागुन ५ । काठमाडौंको लगनटोल स्थित एक घरमा भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जीतको घरमा आगो लागेको हो । आगलागीमा परेर प्रविण श्रेष्ठ घाइते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मध्यराति रञ्जीतको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट रञ्जीतको घरका दुई वटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको छ ।

हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =