गोर्खा ब्रुअरीले ल्यायो नयाँ बियर


असार, काठमाडौं । गोर्खा ब्रुअरीले नेपालकै पहिलो प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् बजारमा भित्राएको छ । उपभोक्ताहरुको बदलिँदो चाहानालाई मध्यनजर गर्दैै नेपालकै पहिलो प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् बजारमा ल्याएको हो ।
गत साता काठमाडौको हायात होटलमा एक विशेष कार्यक्रम माझ देशकै पहिलो प्रिमियम स्ट्रोङ्ग बियरको भव्य लञ्च गरिएको थियो । सन् १९९० मा गोर्खा ब्रुअरीले नेपाली बजारमा प्रस्तुत गरेको टुबोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । सन् १८८० देखि नै  विश्व बजारमा आम उपभोक्ताहरुले यसमा रहेको अद्भुत गुणस्तर र ताजा स्वादको आनन्द लिदै आईरहेका छन् । नेपालको सबैभन्दा ठूलो बु्रअर, गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । कार्यक्रममा गोर्खा ब्रुअरीका व्यवसायिक साझेदार, आधिकारिक वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता साथै मिडियाका प्रतिनिधिहरु र सेलिब्रेटीहरुको सहभागिता थियो ।
सो अवसरमा प्रबन्ध निर्देशक अरुण अधिकारीले उपभोक्ताहरुलाई  विश्वस्तरको स्वाद छनौट गर्ने अवसर प्रदान गर्न नयाँ ब्राण्ड ल्याएको बताए । ‘उपभोक्ताहरुलाई अन्तराष्ट्रिय स्वाद उपलब्ध गराउन ब्रुअरी प्रतिबद्ध छ, हामीले हाम्रो काल्सबर्ग समूहका सहकर्मीहरुसँग सहकार्य गरी एक विशेष रेसिपि तयार पारेका छौं । यसले नेपाली उपभोक्ताहरुमाँझ विशेष तथा उत्कृष्ट स्वाद छनौट गर्न सहयोग गर्दछ ।’ उनले भने ।
गोर्खा ब्रुअरीका मार्केटिङ्ग डाईरेक्टर बैभब शर्माले टुबोर्ग क्लासिक एक उत्कृष्ट स्वाद भएको बियर भएको र एसियन उपभोक्ताहरुको लागि विशेष रुपमा उत्पादित गरिएको बताए । ‘प्रिमियम स्कच माल्टस् र चुनिएको हप्सका साथ तयार परिएको टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर प्रेमीहरुलाई फरक प्रिमियम स्वाद प्रदान गर्दछ । अन्य बियरको तुलनामा टुबोर्ग क्लासिक विथ स्कच माल्टस् एक उत्कृष्ट छनोट हो ।’ उनले भने ।
‘स्ट्रोङ्गर एण्ड स्मुदर’  ट्यागलाईनलाई सार्थक पार्दै टुबोर्ग क्लासिकमा रहेको स्कच माल्टस् र उत्कृष्ट हप्स्ले बियरका पारखीहरुलाई ताजा र भिन्न पिउने अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । ६.५५ अल्कोहलको मात्रा रहेको यस बियरको ६५० एम.एल.बोतलको बजार मूल्य रु ३१० तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *