फुल बेचेर केटा फकाउने ‘केकी’काे कस्ताे चाला ! (भिडियाे सहित)

फागुन ४, काठमाडाैं । चलचित्र हुर्रेकाे ‘ठेकीमा दही’ गीत अहिले युट्युवकाे ट्रेन्डिङमा रहेकाे गीत हाे । कमेडी जनरामा बनेकाे ‘हुर्रे’मा नायिका केकीकाे नृत्य धेरैले रूचाएका छन् ।

फागुन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’ यतिबेला प्रचारप्रसारका लागि देश दौडाहामा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम र कलाकारसहितको टोली बिहीवार पोखरा पुगेको थियाे । पोखरामा आयोजित पत्रकार भेटघाटमा अभिनेत्री केकी अधिकारीले ‘हुर्रे’ कमेडी प्रधान फिल्म रहेको बताउँदै दर्शकले नयाँ खुराक पाउने बतार्इन् ।

भिडियाे हेर्नुहाेस्

पत्रकार सम्मेलनमा बाेल्दै केकीले अाफ्नाे राेल बारे खुलाउँदै भनिन्–‘फिल्ममा मैले प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाहा गरेकी छु । फिल्म हेरुन्जेल दर्शकले भरपुर मनोरञ्जन लिनुहुनेछ ।’ । केकीले ‘हुर्रे’ मा आफ्नो क्यारेक्टरको नाम ‘मेनका’ रहेको पनि सार्वजनिक गरिन् ।

कलाकार राजाराम पौडेलले फिल्ममा काम गर्दा फेरि आफू १६ वर्ष उमेरमा फर्किएको महशुस गरेको बताए । उनले भने, ‘ठेकीमा दही’ बोलको गीतमा केकीसँग ठुम्का लगाउँदा मलाई १६ वर्ष छँदाको याद आयो । मैले पहिलो पटक नेपाली फिल्ममा रोमान्टिक दृश्य दिन पाएको छु ।’

यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको निर्माण छ ।‘हुर्रे’ मा केकी र राजाराम सँगै अनुपविक्रम शाही, अंकित खड्का, विजय बराल, संगीता नापितलगायतका कलाकारहरू छन् । चर्चित संगीतकार राजनराज सिवाकोटीले पनि यो फिल्मबाट अभिनयमा डेब्यू गरेका छन् ।

फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् । फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =