निगाले सिमेन्टलार्इ स्थानान्तरण गर्नेमा सहमति

फागुन ४, धनकुटा । सिमेन्ट उद्योग खोल्ने बेलामा वातावरणिय प्रभाव नै अध्ययन नगरी खोलिएको निगाले सिमेन्ट उद्योग सार्नुपर्ने भएको छ । धनकुटाको छथर जाेरपाटी बजार स्थित उद्योगले स्थानिय जनताको स्वास्थ्यमा प्रतिकूल असर गरेको तथा कृषि उब्जनीमा समेत ह्रास आएको भन्दै सरोकारवालाले विगत लामो समयदेखि नै उद्योग अन्यत्र सार्नपर्ने माग गरेका थिए ।

हिजो बिहीबार निगाले सिमेन्ट उद्योग व्यवस्थापन पक्ष, स्थानिय प्रशासन, राजनीतिक दल लगायतसँगको वार्ता र छलफल पछि आगामी तीन वर्ष भित्रमा उद्योग अन्यत्र स्थानान्तरण गर्ने सहमति भएको हो । वार्तामा उद्योगबाट प्रभावितलार्इ क्षतिपुर्ति समेत दिएर तिन वर्ष भित्र स्थान्तरण गर्ने सहमति भएको हो । ब्यवस्थापन र उद्योगबाट पिडितहरूविच ७ बुँदे सहमति भएको वार्तामा सहभागि निमित्त प्रमुख जिल्ला अधिकारी जितवहादुर श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा भएको वार्तामा तिन वर्ष भित्र उद्योग स्थान्तरण गर्ने, उधोगबाट निस्किएकाे प्रदुषणको अनुगमन गर्ने, उधोगले प्रदुषण नियन्त्रण गर्न सवै खाले उपाय अवलम्वन गर्ने, हाल एक महिनाको लागि उधोग संचालन गर्न दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

वार्तामा उधोग व्यवस्थापन समितिले स्वास्थ्य, कृषि र पशु शिविर राख्ने र तोकिएको समयमा उद्योग स्थान्तरणको प्रक्रिया पुरा नभएको खण्डमा पिडित पक्षले तत्काल उद्योग वन्द गर्ने गरि सहमति भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष एवं उद्योग अनुगमन समितिका संयोजक शेरवहादुर लिम्वुले जानकारी दिए । उद्योगले स्थानीय क्षेत्रमा पुर्याएकाे क्षतिको मापन दुवै पक्षबाट विज्ञ राखेर मापन गर्ने सहमति समेत भएकाे छ ।

वार्तामा छथर जाेरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्वु, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुदिप राजभण्डारी राष्ट्रिय अनुसन्धानका तुलसी कट्टेल,उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष रुपमान तामाङ, जिल्ला कृषि विकास कार्यालयका वागवानी शाखा अधिकृत सुर्य प्रसाद सापकाेटा, छिन्ताङ्ग गुल्मका स.प्र.ना.उ.रमेश विक्रम शाही, उद्याेग व्यवस्थापक सरोज सेडाई, संचालकहरु होम पाण्डे, चित्रवहादुर कुईकेल, दिपेश तायल, आनुजा राठी, पिडित पक्षको तर्फवाट वडा नं.६ का वडाध्यक्ष दिलवहादुर थापा, घनेन्द्र श्रेष्ठ, दुर्गा थापा, सिधुवा बजार ब्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठ लगायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सिमेन्ट उद्याेगले स्थानीय वातावरणीय पक्षकाे अध्ययन नै नगरी उद्याेग सञ्चालन गरेर स्थानीय जनता र जैविक बातावरणमा समेत प्रतिकूल असर गरेकाे भन्दै स्थानीयले विगत लामाे समयदेखि उद्याेग सञ्चालनकाे चर्काे विराेध गर्दै अार्इरहेका थिए । उद्योगबाट उत्पन्न हुने प्रदुषण नियन्त्रण गर्नु पर्ने भन्दै स्थानीयबासीले उद्योग घेराउ गर्दै प्रदर्शन समेत गर्दै अाएका थिए ।

यसैक्रममा गत महिना प्रदर्शनमा उत्रिएका स्थानीयले उद्योग सञ्चालक दिनेश पौडेल माथि हातपात समेत गरेका थिए । भने, उद्याेगमा तालाबन्दी समेत गरेका थिए । उद्योगबाट निस्किएको धूलोका कारण आसपासका मजुवा, चपरीचोक, सरस्वती मावि क्षेत्र लगायतमा असर परेको स्थानीयको भनाई छ ।

सर्वोच्च अदालतले यस अघि नै वातावरण नियन्त्रणका लागि उद्योगमा आवश्यक मेसिन जडान गर्न फैसला गरेपनि उद्योग व्यवस्थापकले उचित ध्यान नदिंदा समस्या चुलिंदै गएको स्थानीय शिक्षक डिवेश खड्काले जानकारी दिए । गाउँबस्तीबाट टाढा सञ्चालन गरिनु पर्ने उद्योग बाक्लो बस्ती नजिक खोलिएपछि समस्या चुलिंदै गएको छ ।

उद्योगबाट निस्कने धुलोले किसानले रोपेको तरकारी, खानेपानी प्रदुषित भएको, पशुपंक्षी समेत विरामी हुन थालेको स्थानीयकाे भनार्इ थियाे ।
धनकुटाकाे याे क्षेत्रलार्इ तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा लिर्इन्छ । सिधुवा आसपासका गाउँमा रायो साग,काउली र बन्दामा सिमेन्टको धुलो पत्रैपत्र भएर बस्ने गरेको छ । भने,सिमेन्ट उद्योगबाट निस्केको गन्धले गाउँका मानिसमा टाउको दुख्ने, बान्ता आउने, ज्वराे अाउने, दमराेग समेत देखापरेकाे स्थानियकाे जिकिर छ ।

साे क्षेत्रमा घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले स्थानिय घाँस खान छाडेका थिए । भने,गाईभैसीमा गर्भधान हुन छाडेको समेत उनिहरुको आरोप छ । उद्योग आसपास रहेको नामजाङ, सल्ले, जोरपाटी, सिँधुवाबजार, चपरीचौक लगायतका गाउँ प्रभावित भएको स्थानियको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =