‘को बन्छ करोडपति’ अब नेपालमा पनि, राजेश हमालले चलाउने बैशाख १ गतेदेखि शुरू

काठमाडौं, फागुन ४ । अब नेपालमा पनि ‘को बन्छ करोडपति’ टेलिभिजन रियालिटि शो who wants to be a millionaire को नेपाली संस्करण नेपालमा भित्र्याएको छ । एपिवान टेलिभिजनले अर्को विश्वविख्यात रियालिटि शो भित्र्याउदै छ । नेपालीमा को बन्छ करोडपति नामाकरण गरिएको यो रियालिटि शो बैशाख १ गतेदेखि एपिवान एचडि टिभिमा प्रशारणमा आउंनेछ ।

को बन्छ करोडपति कार्यक्रमको प्रशारणबारे जानकारी दिन आयोजित एक समारोहमा यस कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयां आयाम थपिने र नेपाली दर्शकलाई टेलिभिजन मार्फत बौद्धिक ज्ञान हासिल गर्न मद्धत पुग्ने बताइएको थियो ।

नेपालमा को बन्छ करोडपतिका संचालक नायक राजेश हमालले एपिवानले नेपाल आइडलको आयोजना गरेर इतिहास रचिसकेकोले को बन्छ करोडपति नेपालको टेलिभिजन र दर्शकबीच अर्को कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको who wants to be a millionaire प्रशारणमा ल्याउंने नेपाल १ सय ६१ औ देश हुनेछ ।

वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको who wants to be millionaire कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुने गर्दछ । नायक अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपति नेपालमा पनि त्यतिनै हेरिने कार्यक्रममा पर्छ जति भारतमा हेरिन्छ ।

एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्यले एपिवान टेलिभिजनसंगको सहकार्यमा एसआरविएन मिडियाले उत्पादन गर्ने को बन्छ करोपति नेपाली संस्करणलाई नेपालमा विश्वस्तरीय गुणस्तरमै उत्पादन गर्ने बताउंनुभयो । ।

एपिवान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौड्यालले विश्वमा चलेकै ढांचामा कार्यक्रममा दर्ता लगायत खेल्ने विधि अपनाइने यो कार्यक्रम नेपालमा भित्र्याउंने सोच सफल भएको बताउंनुभयो । ।

को बन्छ करोडपति कार्यक्रमको दर्ता शुरु हुनुअघि नै यसलाई मोवाइलमा एप डाउनलोड गरेर टेलिभिजनमा जस्तै खेल्न सकिने बनाइएको छ । कार्यक्रम मोवाइल एप डाउनलोड गरेर खेल्न पनि सिकाइएको थियो ।

को बन्छ करोडपतिको मोवाइल एप मोवाइलको एप स्टोरमा गएर केविसि नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ । मोवाइल एपमा को बन्छ करोडपति खेल खेल्न सकिन्छ । बौद्धिक खेल भएकोले यो खेललाई धेरैले मन पराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =