प्रदेश नम्बर ६ को उपसभामुखको उम्मेदवारी दर्ता आज हुँदै

सुर्खेत , फागुन ४ । प्रदेश नम्बर ६ को उपसभामुखको लागि शुक्रबार उम्मेदवारी दर्ता  हुँदैछ । प्रदेशसभा सचिवालयले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख पदको उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेको छ ।

साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रदेश सचिवलायले जनाएको छ । शनिबार हुने प्रदेशसभाको बैठकले उपसभामुखको चुनाव गर्नेछ । प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।

प्रदेश ६ को उपसभामुखका लागि माओवादीले उम्मेदवारी दिने बताए पनि अहिलेसम्म उम्मेदवारको टुंगो लागको छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =