सीमरा गोल्डकपको फाईनलमा भोलि आर्मी र थ्रीस्टार भिड्ने
२०७४ जेठ १५ गते

“
बारा, फागुन ४ । बाराको सीमरामा जारी सीमरा गोल्डकप फुटवल प्रतियोगितामाको फाईनल प्रतिस्पर्धा भोलि हुँदैछ । भोलि हुने फाईनल प्रतिस्पर्धामा थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ ।
हिजो भएको अन्तिम सेमिफाईनलमा वीरगरञ्ज युनाईटेड क्लवलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै आर्मी फाईनलमा पुग्न सफल भएको हो ।
थ्रीस्टार भने यसअघिनै फाईनलमा पुगिसकेको छ । मोरङ फुटवल क्लवलाई दुईका विरुद्ध चार गोलले पराजित गर्दै थ्रीस्टार फाईनलमा पुगेको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








