धरान: राजधानी बनाउनुपर्ने माग गर्दै माओवादि केन्द्रद्धारा सभामुखलाई ज्ञापनपत्र

भरतराज शर्मा(गोपाल)

धरान, फागुन ४ । १ नंम्बर प्रदेशको स्थायी राजधानी धरानलाई बनाउनुपर्ने माग गर्दै बिहिबार नेकपा माओवादि केन्द्र धरान नगर समितिले प्रदेश सभाका सभामुख प्रदिप भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ ।

साथै समितिले १ नंम्बर प्रदेशका नवनिर्वाचित सभामुख भण्डारीलाई कार्यसफलाताको शुभकामना तथा बधाई समेत दिएका छन । धरान १३ स्थित सभामुखको निजी निवासमा नै गएर धरानलाई स्थायी राजधानी बनाउन पहल गर्नुपर्ने समितिले माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

संविधान अनुसार प्रदेशको स्थायी राजधानी प्रदेश सभाको दुई तिहाइ बहुमतले निर्धारण गर्ने हुदा १ नंम्बर प्रदेशको राजधानी ऐतिहासिक नगरी विजयपुर धरानलाई नै बनाउन ज्ञापन पत्रमा माग गरिएको छ ।

किरात लिम्बुवानका लिन इतिहासको धरोहर विजयपुर राज्यको काखमा अवस्थित धरान सबै कोणबाट प्रदेशको राजधानी बनाउन उपयुक्त हुने समितिको ठहर छ । यसका साथै समितिले धरानलाई नै स्थायी राजधानी बनाउनका लागि उपयुक्त हुने विभिन्न आधारहरु समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

धरान १ नं. प्रदेशको प्रशासनिक केन्द्र राजधानीहुने आधारहरु
१.क्षेत्रफल : १९२.३२ वर्ग किमि
२. जनसंख्या : १३७७०८ जना
३. बसोबासको किसिम : करिव ६२ जातिहरु बस्ने मिश्रितबसोबास रहेको
४. भौगोलिकअबस्थिति : पूर्व मोरंग, पश्चिम सप्तकोशी, उत्तर महाभारत पर्वत श्रृङखला, दक्षिणचारकोसे झाडी (पूर्वपश्चिमलोकमार्ग)
५. ऐतिहासिकता:  नेपालको पहिलो नगरपालिकामध्येको पुरानो नगर।
६. प्रशासनिक सुगमता : दक्षिण मोरङ, स’नसरी वाट धरान आउजाउ गर्न सहज, उत्तर तर्फवाट भोजप’र संख’वासभा, तेहथ’म र धनक’टा वाट आउजाउ गर्न सहज, ताप्लेज’ङ र पाचथरवाट समेत तमोर कोरीडोर ह’दै आउजाउ गर्न सहज , पर्व तर्फ ईलाम झापा वाट आउन समेत सहज , पश्चिम तर्फ उदयप’र खोटाङ ओखल ढ’ङगा तथा सोल’ ख’ब’ वाट समेत सुनकोसी कोरीडोर ह’दै आउजाउ गर्न सहज रहेको ।

१.भौगोलिकआधार
क.सवै जिल्लाको केन्द्र
ख.पहाड र मधेसको संगम स्थान
ग.मध्यमहावापानी

२.सामाजिकआधार
क. १ नं. प्रदेशको १४ वटै जिल्लाको नारिकको बसोवास रहेको
ख.पहाड र मधेश सवैको जाति समुदायको सामाजिक,भाषिक, सांस्कृतिक सामिप्यता
ग.धार्मिक केन्द्र तथा सद्भावपूर्ण बसोबास ।
२.ऐतिहासिक आधार
क.करिव ४०० वर्षदेखि पूर्वी नेपालको राजधानीविजयपुर,
ख.नेपालएकीकरणअघिबुद्धीकर्ण रायको राज्य र राजधानी
ग.अन्चल सदर मुकाम

३.वर्तमानपुर्वाधारको अवस्था
१. भौतिकपुर्वाधार तथायातायात सन्जाल
क.जोगमुनि धरानकिमाथाङकाकोसी लोकमार्ग
ख.हेटौडा सन्धिुलीगाईघाट, चतरा धरानमधुमल्लाझापा बैकल्पीक लोकमार्ग
ग.धरान भेडेटार रवि राके ईलाम सहायकलोकमार्ग
घ.धरान ,मुलघाट, तमोर कोरीडोर, फिदीम, ताप्लेजुङ ,ओलाङचुगोला, लोकमार्ग
ङ.धरानचतरा सुनकासीकोरीडोर खुर्कोट
च.धरानचतरा उदयपुर, खोटाङ, ओखलढुङगा सोलुखुम्बु लोकमार्ग
छ.धरानविमान स्थल ( निर्माणाधिन )
२.स्वास्थ्य
क.वि.पी.कोईराला स्वस्थ्यविज्ञानप्रतिष्ठान
ख.विजयपुर हस्पिटल
ग.स्पार्क हस्पिटल
३.सुचनातथा सन्चार
क.रेडियो नेपाल
ख.नेपाल टेलिकमशाखा
ग.जिल्लाहुलाककार्यालय
घ.दर्जन भन्दा बढी निजी सन्चार गृहहरु – दैनिक पत्रिका रेडीयो टि भी)

४.शैक्षिकपुर्वाधार
क.महेन्द्र बहुमुखीक्याम्पस,केन्द्रिय खाद्य प्रविधीक्याम्पस,पूर्वान्चल ईन्जनियरीङ क्याम्पस, पिण्डेश्वर संस्कृतकक्याम्पस, वि.पी.स्वास्थ्य विज्ञान प्रतिष्ठान
ख.आधादर्जन भन्दाबढी सामुदायीकउच्चमा.वि., तथानिजीविद्यालयहरु

५.खेलकुदपुर्वाधार
क.प्रदेशिक रंगशाला धरान, १८ होलको गल्फकोर्स, क्रिकेट मैदान, कर्वडहल, एन्फाकम्पलेक्स, सार्वजानिकतथानिजीदर्जन भन्दाबढी खेलकुद मैदान रहलहरु
ख.प्याराग्लाईडिङ , ¥याप्टीङ आदी

६.वनतथावातावरण
क.ईलाकावनकार्यलय
ख.सर्दुजलधार क्षेत्र
ग.सामुदायीकवनहरु : उदय, लाङघाली,बाझोगरा,हरीयाली,यलम्बर , पन्चकया, जल कन्या,निसाने,पत्रुङबारी,पटनालीआदी
७.धार्मिक तथा सास्कतिक सम्पदा
क.बुढा सुव्वा, पिण्डेश्वरी,दन्तकाली, विजपुर दरवार क्षेत्र। विष्णुपादुका, बराहक्षेत्र, सांगुरी गढी, सुलीकोट, आदि ।

८.आर्थिक तथाबाणिज्य सम्बन्धीपुर्वाधार
क.धरानऔद्योगीक क्षेत्र
ख. धार्मिक तथ ऐतिहासिकपर्यटन
ग.आन्तरिक राजश्वकार्यालय
१२. कुटनितीक निकाय
१.भारतिय पेन्सन कायालय
२.ब्रिटीस वेफेयर सेन्टर
१३.दिर्घकालिन रुपमा एकीकुत भवन तथा आवस क्षेत्र निर्माणको लागी जग्गा व्यावस्थापन
१.धरान नगरपालिको नाममा रहेको धरान –१७, सप्तरंगीपार्क क्षेत्रमा रहको ६५ विघा जग्गावाट आवश्यक जग्गा लिन सकिने।२. धरान –८ रेडीयो नेपालको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने।
३.धरान ८ पर्वान्चल क्याम्पसको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने।
४. धरान १४ पिण्डेश्वरी क्याम्पसको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने।
५. धरान १८ वि.पी. स्वास्थ्य विज्ञान प्रष्ठिानको नाममा रहेको जग्गावाट आवश्यक जग्गा लिन सकिने।
६.धरान १ प’रानो अस्पतालको नाममा रहेको जग्गा लिन सकिने।
७.कोसी प्रोजेक्टको नाममा रहेको जग्गाहरुबाट खाली रहेको जग्गा लिन सकीेने।
८.धरान १३ शिवधारा बेस क्याप (ईरोम ) सडक डिभिजनको नाममा रहेको जग्गा वाट आवश्यक जग्गा लिन सकिने ।
९.धरानमा घरेल’ सिल्पकला बिक्री भण्डारको नाममा रहेको जग्गा वाट आवश्य जग्गा लिन सकिने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =