नेवा च्यारिटी ८ के रनको सम्पुर्ण तयारी पुरा, भोली रन हुने

भरतराज शर्मा(गोपाल)
धरान, फागुन ४ । फागुन ५ गते शनिबार आयोजना हुन लागेको धरान रन, नेपाल आईस छैटौं नेवा च्यारिटी ८ के रनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक धरान रनले बिहिबार पत्रकार सम्मेलन गर्दै दौडमा हालसम्मकै सबैभन्दा बढी २ हजार ४ सय ७५ जना सहभागी हुने जानकारी दिएको छ । स्वच्छ धरान, स्वस्थ्य धरान नारा दिएर स्थापना भएको संस्था धरान रनले बर्षेनी आयोजना गर्ने दौडमा सहभागी संख्या राजधानी बाहिरको सर्वा्धिक हो ।


दौड शनिबार बिहान साढे ६ बजे भानुचौकबाट शुरु भएर पुतली लाईन ,कल्यान चौक, पानी टंकी, गणेशमान चौक,जनपथ,रंगशाला हुदै, जिरो प्वाईन्ट,अमरहाट,रेडक्रास भवन,हातिसार क्याम्पस,बिजयपुर चौक,पिण्डेश्वर मंदिर,चिनिया चौक,पुरानो बजार, देशी लाईन हुदै पुन भानुचौकमा पुगेर टुगिन धरान रनका अध्यक्ष रमु राईले जानकारी दिनुभएको छ ।
दौडको दुरी ८ किलोमिटरको हुनेछ । प्रतियोगितामा नेपाल भरिका विभिन्न उमेर समुहले भाग लिन पाउने धरान रनका प्रबक्ता गोपाल राईले बताएका छन ।

दौडमा खुल्ला, १२ बर्ष मुनिका, १३ देखि १६ बर्ष मुनिका र भेट्रान गरि विभिन्न चार उमेर समुहको प्रतिस्पर्धा हुनेछ ।  खुल्लातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाले जनही मेडल सहित क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार परस्कार पाउनेछन् ।यस्तै, १२ बर्ष मुनि, १६ बर्ष मुनि र भेट्रान ४० बर्षमाथि)का प्रथम, दोस्रो र तेस्रो हुने धावक र धाविकाले मेडल सहित जनही क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पार्ने आयोजक संस्थाका अध्यक्ष रोमु राईले जानकारी दिएका छन ।

राईका अनुसार दौडमा खुलाबाहेक अन्य उमेर समुहका धावक वा धाविकाले प्रथम, दोस्रो वा तेस्रो स्थान प्राप्त गरेमा खुला र आफनो उमेर समुह(दुवैतर्फ)को पनि पुरस्कारको हकदार हुनेछन् । दौडमा उमेर समुह अनुसार धावक, धाविकाहरुको ४ वटा फरक रंगको चेष्ट नम्बर हुनेछ, जसले गर्दा उमेर समुह खुट्याउन सजह हुनेछ । यसपटक पनि दर्ता गरेका रनरहरुलाई विगतमा झै एउटा आकर्षक टिसर्ट पनि दिइनेछ जुन टी सर्ट धरान रनका संस्थापक सन्तोष राईका परिबारले प्रायोजक गरेका छन ।

आयोजकले विगतको संस्करणमा खर्च कटाएर जोगिएको रकम कुनै सामाजिक संस्था वा अपांगता, असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएको थियो ।  यो बर्षदेखि भने खर्च कटाएर जोगिएको रकमबाट बालबालिका तथा महिला आकस्मीक औषधी अपचारार्थ नेवा च्यारीटी हेल्थ कोष स्थापना गरिने योजना रहेको पनि संस्थापक अध्यक्ष राईले बताउनुभयो ।

नेवा च्यारिटी ८ के रनले यसअघि शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राई, संक्रमित दुव्र्यसनी महिलाहरुको लागि दृष्टि नेपालको ह्यापी होम,धरान पोजेटिभ समुहमार्फत संक्रमित बालबालिकाहरुको शिक्षामा, एकल महिला समुहको छहारी भवन, क्यान्सर पीडित नविन बिक, वृद्धा स्वर्गीय मिठ’ कटवाल, मृगौला पीडित प्रमिला बिक लगायतलाई सहयोग गरिसकेको छ । यसपालि धरान रनका प्रमुख आर्कषण एथेलेटिक्स बिकासमा अतुलनिय योगदान गर्दै तीन पटक एभरेष्ट म्याराथुनमा स्वर्ण पदक जिति गीनिज बुकमा पहिलो नेपालीक रुपमा नाम लेखाउन सफल बरिष्ठ धावक हरि रोकाया रहने समेत रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =