“‘यसपटक पनि बुबाले जनताको मन जित्नु हुनेछ”” : लालबाबुकी छोरी अर्चना”

काठमाडौं  फागुन ३  l बिहीवार अपरान्ह सम्मपनि लालबाबु पण्डित मन्त्री बन्छन भनेर धेरैले अनुमान गरेका थिएनन् । विगतमा राम्रो काम गरेका कारण लालबाबु मन्त्री बन्ने चर्चा थियो, तर प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो रोजाइमा पर्छन भन्ने धेरैले सोचेका थिएनन् ।

राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथका लागि लालबाबुको नाम आउदा सबै आश्चर्यमा परे । अरु जस्तै छोरी अर्चनालाई पनि आश्चर्य लाग्यो बुबा मन्त्री बनेको सुन्दा ।

‘म कलेज गएकी थिए, अंकलले फोन गरेपछि पौने ५ बजे मात्र थाहा पाए, बिहानसम्म् मन्त्री बन्ने कुरा थिएन, निकै खुसी छु’ काठमाडौंको सीसीआरसी कलेजमा कक्षा १२ मा पढ्दै गरेकी अर्चनाले लोकान्तरसँग भनिन, ‘बिगतमा जस्तै यसपटक पनि बुबाले राम्रो काम गरेर जनताको मन जित्नु हुन्छ ।’

नवनियुक्त मन्त्री लालबाबुसँग प्रतिक्रिया लिने क्रममा सम्पर्क गरिएको बैकल्पिक नम्बरमा उपलव्ध अर्चनाले बुबालाई ‘राष्ट्रवादी नेता’ भनिन् ।

‘बुबाले जनसंख्या र वातावरण मन्त्रीको जिम्मा पाउनु भएको छ, काठमाडौंको धुलो नियन्त्रण गर्नुहोला !’अर्चनाले भनिन् ।

लालबाबुलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा ओलीको प्रशंशा भएको छ । सामान्य प्रशासन मन्त्री रहेको समयमा डिभी पिआर लिएका कर्मचारीलाई जागिर छाड्न बाध्य पारेका थिए ।

मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पण्डित मोरङ ६ मा कांग्रेसका शेखर कोइरालालाई पराजीत गरेर विजयी भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =