वीरगंजमा तालिमको नाममा भागबन्डा

वीरगंज, २२ असार । पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयको मिटिङ हल अहिले एक सातादेखि भरिभराउ रहने गरेको छ । दैनिक ती कार्यालयको मिटिङ हलमा गोष्ठी, बैठक, सेमिनार हुने गरेको देखिन्छ । जिल्ला कृषि कार्यालय, वीरगंज महानगरपालिका, नाउक्षे अस्पताल, वडा कार्यालयको मिटिङ हललगायत ससाना होटलहरूमा दिनभरि तालिम, गोष्ठी, हुने गरेको देखिन्छ । असार मसान्तमा रकम सिध्याउने उद्देश्यले ती सरकारी कार्यालयहरूमा तालिम, गोष्ठी हुने गरेको हो । विकासे अड्डाहरूमा अहिले कार्यालय प्रमुख, लेखापाल तथा योजना फाँटका कर्मचारीबाहेक सम्पूर्ण कर्मचारी तालिममा सहभागी हुने गरेको देखिन्छ ।

जिसस, नपा, जिल्ला जनस्वास्थ्य कार्यालय, कृषि कार्यालय, पशु कार्यालय, गैरसरकारी संस्था, महिला विकास कार्यालयको सामाजिक विकास तथा चेतनामूलक कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमको बजेट भागबन्डा लगाउन हतारमा कार्यक्रम हुने गरेको समाचार स्रोतको दाबी छ ।

नेपाल सरकारले कार्यक्रम सञ्चालनको लागि रकम पठाए पनि असार महिनामा नै सबै रकम सिध्याउने ती कार्यालयहरूमा परिपाटी नै कायम भएको छ । लामो समय पर्खेर असार मसान्तमा तालिम, गोष्ठी गराएर विभिन्न शीर्षकबाट बचेको रकम खर्च गर्ने गरेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *