प्रदेश ४ को सभामुखमा अधिकारी चयन

पोखरा, फागुन ३ । प्रदेश नं ४ को सभामुखमा नेत्रनाथ अधिकारी चयन भएका छन् । प्रदेशसभाको बैठकले अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो । बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्यहरू हरि चुमान थिए भने समर्थकमा किरण गुरुङ रहेका थिए । सभामुख पदमा निर्वाचित भएकामा बधाई दिँदै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका बैठकलाई सु–सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य श्रेष्ठले सो प्रदेशको मुख्य मन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिएको प्राप्त पत्र पढेर सुनाएका थिए । नवनिर्वाचित प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संविधान एवं संघीयताको कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

सभामुखको जिम्मेवारीसँगै आफूले पक्ष वा प्रतिपक्ष कसैको नभई सबैलाई सन्तुलन मिलाएर साझा भूमिका निर्वाह गर्दै जाने बताए ।
सभामुख पदमा रहँदासम्म साझा भएर प्रस्तुत हुने बताउँदै आजैबाट पार्टीको कुनै पनि औपचारिक जिम्मेवारीमा नरहेको गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =