युएईद्धारा नेपाललाई २७८ रनको लक्ष्य !

काठमाडौं, फागुन ३ । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को फाईनल खेलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन जोडेको थियो । टस जितेर युएईले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो ।

युएईका लागि अस्फाक अहमदले ११४ रन जोडेका थिए । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नामिबियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा टस जितेको युएईले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो।

नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे।

त्यसपछि दोस्रो विकेटका लागि अस्फाक र घुलाम साबेरले अर्को बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए। तर युएईको स्कोर १६३ रन हुँदा नेपालले दोस्रो विकेट लियो। उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए । करन केसीको बलमा लामिछानेले थ्रो गर्दै उनलाई रनआउट गराएका थिए।

युएईको स्कोर २११ रन हुँदा नेपालले तेस्रो विकेट लियो। यसपटक सन्दिपले अस्फाकलाई सिकार बनाए।

यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए। उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।

नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =