प्रदेश ५ मा तीन सदस्यीय मन्त्रीमण्डल गठन

“
बुटवल, फागुन ३ । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा नेकपा एमालेका शंकर पोखरेलले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको सपथसँगै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरिउको छ । जसमा माओवादीका कुलप्रसाद केसी र एमालेका वैजनाथ चौधरी मन्त्री बनेका छन् ।
संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम मन्त्री मण्डल गठन गरिएको हो ।
मुख्य मन्त्री पोखरेलले आन्तरीक मामिला तथा योजना मन्त्रालय, उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय, भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय र समाजिक बिकास मन्त्रालय सम्हालेका छन् ।
। यस्तै केसीले आन्तरीक मामिला तथा कानुन मन्त्रालय र चौधरीले भौतिक पुर्वाधार बिकास मन्त्रालय सम्हालेका छन् । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन् भने मन्त्रीहरु केसी र चौधरीलाई मुख्य मन्त्री पाखरेलले सपथ ग्रहण गराएका हुन । यसअघि हिजो सभामुखमा पूर्णबहादुर घर्तीले सपथ ग्रहण गरीसकेका छन् ।
“








