रोकिएन बालुवा उत्खनन

चन्द्रनिगाहपुर,२२ असार । जिल्लाको बृन्दावन गाउपालिकामा रहेको बलेर खोर जाने जुल मुनिबाट दैनिक ठुुलो परणाममा बालुवा निकाल्दा नदि कटानको खतर बढदै जान थालेको छ । दैनिक दर्जनौ ट्रेक्टरले पुल मुनिबाट बालुवा निकाल्दा नदि कटानको खतरा बढेको हो । मुल भन्दा केही मुनि रहेको ठाकरमा नदिले कटान गरिरहेको सो स्थानबाट बालुवा उत्खनन् गर्दा नदि कटानको सम्भावना बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला समन्वय समितिले जिल्लाका सबै खोलाबाट ढुंगाजन्य बस्तु निकाल्नका लागि रोक लगाएको बेलामा सो स्थानबाट भने बालुवा निकाल्ने कार्य रोकिन सकेको छैन् । बिश्रामपुरको  सो स्थान नदि कटानको उच्च जोखिम रहेको स्थान भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बलेरी खोर जाने स्थान पक्की पुल भन्दा करिब दुईसय मिटर तल कटानको उच्च जोखिम रहेको स्थानबाट बालुवा उत्खनन्ले कटानको सम्भावनालाई झनै बढाएको छ । यता चादी खोलाबाट बालुवा निकाल्ने आधा दर्जन ट्रेक्टरलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिहिबार पक्राउ गरेको छ । पटक पटक बालुवा ननिकाल्न भन्दा समेत अटेर गरेर बालुवा निकाल्ने ट्रेक्टर पक्राउ गरेको प्रहरीले बताएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *