प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त

काठमाडौं, फागुन ३ । प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको शपथग्रहण भने अागामी शनिबार गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।

४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =