ओली प्रधानमन्त्री नियुक्त, ४ बजे सपथ

काठमाडौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन् ।
एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =