६ नंमा बखेडा नरोके एमालेसँग सहकार्य टुट्नसक्छ : शक्ति बस्नेत
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन ३ । माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेले अनावश्यक बखेडा झिकेको बताएका छन् । त्यहाँ केन्द्रमा भएको सहमति लागू नभए अन्यत्र पनि प्रभावित हुन सक्ने उनको चेतावनी छ ।
केन्द्रको भागवण्डा अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीको भागमा परेको छ । माओवादीले प्रदेश ६ मा महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर, एमाले प्रदेश कमिटीले प्रदेश ६ को मुख्यमन्त्री आलोपालोको दाबी गरेको छ । त्यही कारण प्रदेश सरकार गठन प्रभावित भएको छ ।
तर, माओवादी प्रदेश ६ इन्चार्ज बस्नेतले भने एमालेले अनावश्यक बखेडा झिकेको बताए ।
एमालेले सरकार गठनका लागि माओवादीलाई तत्काल समर्थन गर्नु पर्ने बस्नेतले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








