राष्ट्रको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिने

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्वोधन गर्दै राजीनामा दिने तयारी गर्नुभएको छ । उहाँले आज नै अन्तिम मन्त्रीपरिषद् बैठक पनि बोलाउनुभएको छ ।

अहिलेकेहीबेरका लागि बोलाइएको बैठकमा छलफल भएपछि उहाँले राष्ट्रको नाममा सम्वोधन गर्दै राजीनामा दिने तयारी गर्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

संविधानविद् डा. विपिन अधिकारीका अनुसार निर्वाचन आयोगले राष्ट्रपति समक्ष निर्वाचनको मत परिणाम बुझाएपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ । संविधान अनुसार नै नयाँ सरकारलाई मार्ग प्रशस्त गर्न प्रधानमन्त्री देउवाले राजीनामा बुझाउन लाग्नुभएको हो । निर्वाचन आयोगले गएराति नै राष्ट्रपति समक्ष प्रतिनिधिसभा निर्वाचको अन्तिम मत परिणाम बुझाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =