रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं, फागुन ३ । काठमाडौंमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । काठमाडौं महाराजगञ्जमा रहेको शिक्षण अस्पताल अगाडि रोकिराखेको ना ६ ख ५२१६ नम्बरको ट्रकमा बा ७३ प १८८२ नम्बरको मोटरसाइकल ठोक्किँदा बुढानिलकण्ठका २१ वर्षीय सन्तोष कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसारमोटरसाइकलको पछाडी बस्ने गम्भीर घाइते भएका छन् र उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =