बिर्तामोड नगरपालिकामा एमाले विजयी

झापा, २२ असार । झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय हुनु भएको छ ।

प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गर्नुभयो भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *