भरपर्दा ब्याट्स्म्यानलाई गुमाउँदा नेपाल धर्मसंकटमा !
२०७४ जेठ १५ गते

“काठमाडौं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गको नेपाल र क्यानडाबीच जारी खेलमा भरपर्दा ब्याट्स्म्यान पारस खड्का र ज्ञानेन्द्र मल्ल नै आउट भएका छन् । नेपालले दुई विकेटको क्षतीमा २२ रन जोडेको छ । नेपाली टोलीले भरोसायोग्य खेलाडीलाई मैदानबाट गुमाउनुपर्दा क्रिकेटप्रेमी निराश भएका छन् ।
आठ ओभरको खेल समाप्त हुँदा नेपालले मात्र २२ रन जोड्न सफल भएको छ ।
खेलमा नेपाललाई क्यानडाले १ सय ९५ रनको लक्ष दिएको छ ।
नामिवियामा जारी खेलमा टस जितेर व्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन जोडेको थियो ।
क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक रन जोडे । उनले नटआउट १ सय ३ रन जोडेका थिए ।
नेपालका लागि वसन्त रेग्मी ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र शरद भेषावाकरले १–१ विकेट लिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








