डिस्कोमा झगडा गरेको आरोपमा सई पक्राउ

काठमाडौँ, फागुन २ । मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक सई राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमार्गस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा होहल्ला गर्नुका साथै सोही क्रममा हतियार समेत प्रदर्शन गरेको आरोप लागेको छ ।

श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौंँ महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =