जन्मदिनको अवसरमा गणेश श्रेष्ठको ‘माया लाउने यही ज्यान हो‘ बजारमा (भिडियोसहित)

“
काठमाडौं, फागुन २ । नव गायक गणेश श्रेष्ठको ‘माया लाउने यही ज्यान हो‘ बोलको आधुनिक गीत आज भिडियोसहित सार्वजनिक भएको छ । प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा बरिष्ठ गीतकार एवम् पत्रकार शान्तिप्रियको शब्द रहेको छ ।
गायक श्रेष्ठको जन्मदीनको अवसरमा आज गीतलाई सार्बजनिक गरिएको हो । यस अघि उनले केहि कभर गीत गाएपनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतमा दीपक शर्माको सङ्गीत छ भने नरेन्द्र योगीको एरेञ्ज रहेको छ ।
शान्तिप्रिय आफैँले निर्देशन गरेको गीतको भिडियोमा गजित विष्ट र अनामीका चौलागाई फिचरीङ गरिएको छ । कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवम् सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । गीतलाई छायांछवि क्रियशनले बजारमा ल्याएको हो ।
https://www.youtube.com/watch?v=5v4w0yvUVuM”








