केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

“
काठमाडौं २ फागुन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।
बुधवार बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नको लागि राष्ट्रपतिलाई आग्रह गर्ने एमालेले निर्णय गरेको छ । राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको बिषयमा छलफल भएको थियो ।
नेता पाण्डेले सरकारको आलोपालो नेतृत्व गर्ने बिषयमा समेत छलफल भएको बताए ।
पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने पाण्डेले बताए । संयोजन समिति बैठकको लागि माओवादी नेताहरु मानभवन पुगेका छन् ।
माओवादीसँगको पार्टी एकताका लागि अन्तिम निर्णय गर्न संयोजन समितिको बैठक बस्नु अघि एमाले स्थायी समितिको आकस्मिक बैठक बसेको हो ।
एमाले अध्यक्ष ओली माओवादी अध्यक्ष प्रचण्डसँग पार्टी एकताका लागि भएका सहमति पार्टीबाट अनुमोदन गराउन स्थायी समितिको बैठक बोलाएको एक नेताले बताए ।
ललितपुर मानभवनस्थित माओवादी निकट व्यापारी शारदाप्रसाद अधिकारीको घरमा शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच धेरै चरणका वान टु वान छलफल भइरहेका छन् ।
संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।”








