नेपालको लागि ‘गर या मर’ शुरु

काठमाडौं, फागुन २ । विश्वकप क्रिकेट खेल्ने आत्मविश्वासका साथ फिल्डमा उत्रेको नेपालका लागि ‘गर या मर’ को खेल शुरु भएको छ । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ ।

जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानाडाको ब्याटिङ शशक्त छ भने नेपालको बलिङ ।

फ्रेस पिचमा खेलाइने आजको खेलमा जसले टस जिते पनि पहिला फिल्डिङ रोज्ने सम्भावना छ । नेपालले टस जितेका तीन वटै खेलमा पहिले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध पराजित भयो ।

विपक्षीलाई सस्तो योगफलमा समेट्ने र ब्याट्म्यानहरुले बिस्तारै रन बटुल्दै लक्ष्यसम्म पुग्ने नेपालको स्टाइल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =